प्रहरी कार्यलय प्रबेश गर्नु पुर्ब अनिवार्य साबुन पानिले हात धुन र माक्स लगाउन अनुरोध

रौतहट चैत्र ८
सागर हुमागाई
रौतहटको चन्द्रनिगाहपुर स्थित इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर बाहिर प्रबेश गेटमा पानीको धारा र छेउमा हेन्ड वास राखिएको छ । प्रहरी कार्यलय प्रबेश गर्नु अघि जोकोही सेवाग्राहीहरुले पहिले साबुन पानीले अनिवार्य हात धुनुपर्छ अनि कार्यलय प्रबेश गर्न पाइन्छ । ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका डिएसपी हेम शाहिका अनुशार प्रहरी कार्यलयमा बिभिन्न किसिमको मानिसहरु आवतजावत गर्ने भएकाले बिश्व माहामारीको रुपमा फैलिरहेको नोभेल कोरोनो भाइरस संत्रमण बाट पुर्ब सांबधान रहन केही दिन यता यस्तो व्यवस्था गरिएको शाहिले बताए । वर्तमान सुरक्षा अवस्था समेतलाई मध्यनजर गर्दै आम नागरिकहरूलाई सचेत रहन र संक्रमणबाट बच्नको निमित्त यस कार्यालयमा आउने सम्पुर्ण सेवाग्राहीहरूको लागि कार्यालय प्रवेश गर्नु अघि साबुन पानीले हात धुनको निमित्त साबुन पानी राखी सेवा प्रवाह गरिनुको साथै सेवाग्राहीहरूलाई कार्यालयमा आउदा र अन्य अबस्थामा समेत माक्स लगाउन,र बारम्वार साबुन पानीले हात धुई सतर्क रहन सचेत गराईएको डिएसपि शाहिले बताए । कार्यलयमा आउने सेवाग्राहिले पहिले अनिवार्य रुपमा हात राम्ररी धुनु पर्ने साथै मास्क लगाउन समेत इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले अनुरोध गरेको छ ।


जिल्लाको सबै कार्यलय ,पसल, बैंक,होटलको छेउमा साबुन पानीको व्यवस्था गर्ने हो भने सबै कोभिड–१९ को जोखिमबाट सुरक्षित हुने उनले बताए । चन्द्रनिगाहपुरमा करिब तीन दर्जन व्यापारीले पसल अगाडि प्रहरी कार्यलयमा जस्तै व्यवस्था मिलाएका छन । इलाका प्रहरी कार्यलय सेवा लिन पुगेका मदन सापकोटाले यस्तो व्यवस्थाले ढुक्क भएको बताए । ‘बाहिरबाट जाँदा विभिन्न सामान छोइएको हुन्छ, उनले भने ‘हात धोई मास्क लगाएर कार्यलय पस्दा ढुक्क लाग्छ ।
जिल्लामा रहेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाले समेत विभिन्न खाले सचेतना अपनाउन थालेका छन । सेवाग्राही र कर्मचारीलाई हात धोएर, सेनिटाइजर प्रयोग गरेर र मास्क लगाएर मात्र कार्यालयभित्र प्रवेश गराउन थालिएको छ । सेवाग्राहीको चाप बढी हुने भएकाले सजगता अपनाउन यस्ता सामग्री अनिवार्य प्रयोग गर्न लगाइएको ए.एन प्लाजाका संचालक अर्बिन्द चौधरीले बताए ।
चन्द्रपुर,बृन्दावन,गरुडा,मौलापुर गौर नगरपालिका लगाएत अन्य स्थानिय तहमा पनि स्वास्थ्य स्वयंसेविका मार्फत् कोभिड सचेतनासम्बन्धी प्रचारप्रसार गर्न निर्देशन दिइसकेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख महेश साहले बताए ।


जिल्ला सुरक्षा समितिको शनिवार बसेको बैठक बाट गौर न.पा वडा न ५ मा रहेको नर्सिङ्ग इन्स्टीच्युटमा तत्कालका लागी कोभिड–१९ का शंकास्पद ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने प्रयोजनका लागी क्वारेन्टाइन स्थलको रुपमा ब्यवस्थापन गर्ने निर्णय भएको साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles