लकडाउन प्रभावकारी बनाउन बसेका प्रहरी माथी ढुंगा प्रहार

रौतहट ५ बैसाख //
रौतहटको गौर स्थित विपिचोक नजिकै लकडाउन उल्लंघन गरी हल्लाखल्ला गरिरहेका युवकलाई सम्झाउन जादा प्रहरी हवलदार महेश खङ माथी ढुंगा प्रहार गरेका थिए।

घाइते प्रहरीको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको छ। बेहोस भएर ढलेका खङ तीन घन्टापछि होसमा आएका थिए । प्रहरीले ढुगा प्रहार गर्ने गौर नपा ३ का २२ वर्षीय विवेक यादव, त्यहीका २६ वर्षीय राहुल यादव, २९ वर्षीय राजीव यादव र ३० वर्षीय अभिषेक यादवलाई नियन्त्रणमा लिएको छ।

प्रहरीमाथि नै आक्रमण गर्ने टोलीलाई नियन्त्रणमा लिन खोज्द सामान्य बल प्रयोग गर्नु परेको र आक्रमणकारीमध्ये चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले बताएका छन्।
यसै बीच जिल्ला प्रशासन कार्यालय रौतहटले विहीवार दिउँसोसम्म रौतहटमा १सय ८६ जना विभिन्न क्वारेन्टाइनमा रहेको जनाएक‍ छ ।
लकडाउनलाई अझ प्रभावकारी बनाउन स्थानीय प्रशासन पूर्ण सक्रिय रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles