चन्द्रपुर ७ : घरमै पुगेर राहत बितरण

चन्द्रपुर ,१० बैशाख। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ ले राहत बितरण गरेको छ । वडा कार्यालयले आफ्नो वडामा रहेका गरीव,दैनिक ज्यालादारी मजदुर,अति बिपन्न परिवारलाई राहत बितरण गरेको वडाध्यक्ष बिष्णु प्रसाद उप्रेतीले जानकारी दिनुभयो ।


७ नम्बर वडामा रहेका १ हजार ४७ घरधुरीलाई चामल,दाल,तेल।चिनी र साबुन राहत स्वरुप बितरण गरिएको वडाध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । राहतमा ३० केजी चामल,३ केजी दाल,२ केजी चिनी,२ लिटर तेल र ४ पिस साबुन बितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

कोरोना भाईरसका कारण खान समेत समस्या परेका वडाबासीलाई राहत बितरण गरिएको र राहत बितरणमा स्थानीय युवाहरुले सहयोग गरेकोमा वडाध्यक्ष उप्रेतीले धन्यवाद समेत दिनुभएको छ ।

७ नम्बर वडामा रहेका हरेक बस्तीमा प्रतिनिधि खटाएर नाम संकलन गरेपछि राहत बितरण सुरु गरिएको थियो । वडाअध्यक्षको नेतृत्वमा हरेकको घरघरमा गएर राहत बितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles