महामारीमा पनि उपभोक्ता ठगिएको भन्दै मंचको विज्ञप्ती

रौतहट,१०,बैशाख । उपभोक्ता हित संरक्षण मंच रौतहटले बढदो कालोबजारी रोक्न माग गर्दै प्रेश विज्ञप्ती जारी गरेको छ । मंचले कोभिड २०१९ समस्याका कारण भएको लकडाउनलाई बाहाना बनाई रौतहटका चन्द्रपुर, गरुडा, गौर लगाएत सबै बजार तथा ग्रामिण क्षेत्रमा दैनिक उपभोग्य खाद्यान्नका सामाग्री बिक्रिगर्ने अधिकांश किराना पसलेहरुले म्यादनाघेका, कमतौल र गुणस्तरहिन सामाग्री चर्को मुल्यमा बिक्रिगरी उपभोक्ता ठगी गरिरहेको भन्दै गम्भिर ध्यानाकर्षण भएका जनाएको छ ।
महामारी समस्याका कारण उत्पन्न संकटको घडिमा आम उपभोत्तालाई शर्भशुलभ सेवा प्रवाह गर्नुको विपरित किराना ब्यापारीहरुबाट भईरहेको बढदो कालाबजारी एवं उपभोक्ता ठगी कार्यलाई रोक्नको लागि नियमनकारी निकाय प्रहरी÷प्रशासन, नगरपालिका र उद्योग बाणीज्य संघले ठोस तथा परिणाममुखी छडके अनुगमन र स्थलगत कार्वाहीलाई तत्काल अघि बढाउन मंचका अध्यक्ष टिका घिमिरेले विज्ञप्ती मार्फत जोडदार माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles