चन्द्रपुर,१० बैशाख । ५० औं विश्व पृथ्वी दिवसका अवसरमा डिभिजन वन कार्यालय,रौतहटले वृक्षारोपण गरेको छ । डिभिजन वन प्रमुख बिनोद सिंहको अगुवाईमा वृक्षारोपण गरेर विश्व पृथ्वी दिवश मनाईएको वन कार्यालयले जनाएको छ ।

बोट,बिरुवाले पृथ्वी जोगाउने भएकाले ई.स.१९७० देखी विश्वका १९३ देशमा हरेक बर्ष अप्रिल २२ तारिखका दिन “विश्व पृथ्वी दिवश”मनाईंदै आईएको छ । वन अधिकृत सिंहले बोट,बिरुवा रोपे पर्यावरण जोगिने भएकाले सबै मिलेर वन संरक्षण गर्न र बोट बिरुवा रोप्न आग्रह समेत गर्नुभएको छ ।


