लकडाउनको मोडालिटी परिर्वतन:सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, व्यापारिक क्षेत्र खुकुलो गर्ने,एसईई नहुने

काठमाण्डौ –  सरकारले लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको छ । लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको भन्दै एक मन्त्रीले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, व्यापारिक क्षेत्र खुकुलो गर्ने निर्णय भएको बताए ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न दिने निर्णय गरेको हो ।

यस्तै काठमाण्डौ उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर बिजोर प्रणाली लागू गरेर ट्याक्सी र मोटरसाइकललगायत निजी गाडी चलाइने भएको छ । विद्यालय, सिनेमा हललगायतका धेरै भिडभाड हुने स्थानहरु भने तत्काल खुल्ने छैनन् ।

सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । कोरोना सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन उच्चस्तरीय समितिले सिफारिस गरे अनुसार सरकारले अन्तिम पटक जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको छ । बैठकले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय गरेको बताएको छ । बैठकले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles