रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय ७४ पुग्यो, १ सय दुई जना उपचारपछि घर फर्किए

गौर,२८ जेठ । रौतहटमा बुधबार एकै दिन थप ५३ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सङै रौतहटमा सन्क्रमितको संख्या ४ सय ७४ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ । बुधबार गौर नगरपालिकामा २३, ईशनाथ नगरपालिकामा १४, राजपुर नगरपालिकामा १४ र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार बुधबार ५३ जनामा कोरोना संक्रमणको देखिएको हो । संक्रमण देखिएका सबै भारतबाट आएका हुन । सिमा क्षेत्रबाट उनीहरुलाई सम्बन्धित पालिकाले सोझै क्वारेन्टीनमा लगेर राखेको थियो ।संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । यता, रौतहटमा १ सय २ जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन् । गौर नर्सिंङ आइसोलेसनबाट १६ जना र प्रहरी स्कुल आइसोलेसनबाट ६५ जना गरी ८१ जना बुधबार सा“झ उपचारपछि निको भएर घर फर्किएको जिल्ला अस्पताल गौरका मेसु डा. कृष्ण साहले जानकारी दिए । ईशनाथ नगरपालिकाका ३५ जना, देवाही गोनाही नगरपालिकाका १० जना, गौर नगरपालिका, कटहरिया नगरपालिका, राजदेवी नगरपालिका लगायतका कोरोना संक्रमितलाई उपचार पछि डिस्चार्ज गरिएको उनले बताए । डा. साहका अनुसार पछिल्लो पटक गरिएको पिसिआर परीक्षणमा ८१ जनाकै रिपोर्ट निगेटिभ आएपछि दुई हप्ता होम क्वारेन्टीनमा बस्ने सर्तमा घर पठाइएको हो । यसअघि गौर स्थित नर्सिङ कलेज आइसोलेसनमा भर्ना भएका १८ जना उपचारपछि डिस्चार्ज गरिएको उनले जानकारी दिए । त्यसअघि वीरगन्जस्थित नारायणी अस्पतालबाट ३ जना निको भएसंगै १ सय २ जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएको जिल्ला अस्पताल गौरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles