रौतहट ,६ साउन । चादी खोलाले बगाउँदा एकको मृत्युु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका ३ का ५८ बर्षका सुकमान थिङ रहेका ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख,डिएसपी हेम बहादुर शाहिले जानकारी दिनुभयो । गैडाटारको पुरानो टोलको चादी नदिको पुछारमा बन्दै गरेको पुल नजिकबाट फेला परेको डिएसपी शाहिले जानकारी दिनुभयो । आज बिहान खोला तर्ने क्रममा उनलाई चादीमा आयको बाढिले बगाएको थियो ।


