प्रदेश २ कै उत्कृष्ठ मुनलाईट एकाडेमीमा कक्षा ११ र १२ मा विज्ञान संकाय पढाई हुने

चन्द्रपुर ५ साउन
मून लाईट एजुकेसन फाउन्डेसन प्रा.लि.द्वारा संचालित मून लाईट एकाडेमी चन्द्रपुर ५,रौतहटले उचित स्तरको भौतिक संरचना निर्माण गरि यसै शैक्षिक सत्रबाट कक्षा ११ मा बिज्ञान संकाय थप गरि पढाई सुरु गर्ने भएको छ ।
बि। सं। २०६० सालमा समाजका अग्रज ब्यक्तित्वहरुद्वारा स्थापना गरिएको बिद्यालयमा २०७० साल देखि कक्षा ११ र१२ तर्फ व्यवस्थापन संकायको पढाई सुरु गरेको थियो । बि। सं। २०७६ देखि होटेल बिज्ञान Hotel-mangement विषयको पनि अध्यापन सुरु गरेको बिधालयले, ब्यबस्थापन संकाय संचालन भएको छैटौं ब्याच पश्चात् बिज्ञान संकायको पढाई सुरु गर्न लागेको हो । समाजसेवी एवम् स्कुल संचालक समितिका अध्यक्ष विनोद घिमिरेका अनुसार राजधानी वा जिल्ला भन्दा बाहिर पढ्न जाने बिद्यार्थीहरुलाई सहित रोक्न सक्ने गरी कक्षा ११ मा बिज्ञान संकायको पढाई सुरु गर्न लागिएको बताउनु भयो । घिमिरेका अनुसार कोभिड १९ को संक्रमणबाट विश्व नै सर्वाधिक कठिन अवस्थामा गुज्रिरहेको अहिलेको यस विषम परिस्थितिमा विद्यार्थी भाइबहिनी तथा आदरणीय अभिभावकज्यूहरुको सल्लाह सुझावमा नै अध्यापन सुरु गर्न लागिएको हो ।

सामान्य भौतिक पुर्वाधार निर्माण गरि अध्यापन सुरु गरेको स्कुलमा प्रदेश तथा जिल्लामा नै उत्कृष्ट नतिजा दिलाउन सफल रहेको प्रिन्सिपल श्याम किशोर चौधरीले बताउनु भयो।चौधरीका अनुसार यस बिध्यालयमा शैक्षिकसत्रमा बिज्ञान संकाय तर्फ एउटा सेक्सन मात्र अध्यापन गरिने बताउनु भयो । स्कुलका एकाडेमी डाइरेक्टर दिपक घिमिरेका अनुसार हाल स्कुलमा व्यवस्थापन तर्फ होटल व्यवस्थापन, कम्प्युटर बिज्ञान र मानाविकीमा अंग्रेजी, समाजशास्त्र एबं अ।नेपाली विषयको पढाई हुदै आएको बताउनु भयो ।
नर्सरी देखि कक्षा १० सम्ममा झण्डै एक हजार तिन सय बिद्यार्थी पढाउँदै आएको यस कक्षा ११ र १२ तर्फ व्यवस्थापन संकायमा राम्रो नतिजा दिने शैक्षिक संस्थाको रुपमा परिचित छ । अनुभवी तथा दक्ष शिक्षकहरु ब्यबस्थापन गरि अध्यापन गराउदै आएको स्कुलले कम्प्युटर ल्याब,आधुनिक बिज्ञान प्रयोगशाला,स्मार्ट तथा प्रोजेक्टर कक्षा ,सिसि क्यामेरा, आदिको राम्रो ब्यबस्थापन गरि समयसापेक्ष शिक्षा प्रधान गरेको कक्षा ११ र १२ तर्फका संयोजक नवराज न्यौपानेले बताउनु भयो। स्कुलले फुटबल, भलिबल,व्याडमिन्टन, क्रिकेट लगाएतका खेलहरुको मैत्रीपूर्ण तथा प्रतियोगितात्मक व्यवस्थापन समेत गर्ने गरेको संयोजक न्यौपानेले बताउनु भयो । भौतिक पूर्बाधार र अन्य सुबिधाहरुको समेत परिमार्जन गरि संचालन गर्न लागिएकोले स्कुलमा आई पुग्ने जो कोहि बिद्यार्थी नानी बाबुहरु पनि पढ्न ईच्छुक हुने स्कुल संयोजक हरि कोइरालाले बताउनु भयो । सम्पूर्ण सुबिधा सहित संचालन गर्न लागिएको विज्ञान संकायले अभिवाकको चासो बढाएको छ ।
कोभिड(१९ को यस महामारीमा आफ्नो स्थानीय तहमा नै सुबिधा सम्पन्न बिज्ञान संकाय संचालन हुने भएकोले न्यु झरना इंगलिस बोडिङ्ग स्कुल कक्षा १० कि छात्रा नेहा मुखियाले खुसि व्यक्त गरिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles