चन्द्रपुर । नवबिकाश बचत तथा ऋण सहकारी संस्थाले मोबाइल बैंकिङ सेवा सुरु गरेको छ । संस्थाले आफ्नो सेयर सदश्यहरुलाई थप सुबिधा स्वरुप मोबाईल बैंकिङ सेवा सुरु गरेको संस्थाका अध्यक्ष देब बहादुर सापकोटाले जानकारी दिनुभयो । अब संस्थाका सेयर सदस्यहरुले देशको जुनसुकै स्थानबाट आफ्नो खाता सन्चालन गर्न सक्नेछ्न । मोबाइल बैंन्किङबाट रिचार्ज गर्न देखि अन्य बैंक खातामा रकम पठाउन सकिने ब्यवस्थापक यज्ञ प्रसाईंले जानकारी दिनुभयो । प्रदेशकै उत्कृष्ट बन्न सफल नवबिकास साकोसका उन्नाइस सय बढी सेयर सदस्यले यो सेवा लिन सक्नेछन ।https://play.google.com/store/apps/details?id=com.infodev.mNawaBikash


