कोरोना विरुद्ध सचेतना फैलाउदै चन्द्रनिगाहपुर जेसिस

चन्द्रपुर ।कोरोना भाइरसका कारण बिश्व आक्रान्त बनेको समय मा नेपालमा पनि यसले आक्रान्त पारेको छ। करिब ४ महिना देशनै बन्दा बन्दिमा रहदा केही कमि देखिएको कोरोना संक्रमण फेरि बढ्दै गएको छ ।

बिषेसगरि प्रदेश २ मा यस्को संक्रमण बढ्दै गयका कारण चन्द्रनिगाहपुर सिटि जेसिसले सचेतना फैलाउने काम गरेको छ ।

राजमार्ग हुँदै यात्रा गर्ने यात्रु र सवारीचालक लाई कोरोनाका बारेमा सचेत गराउदै मास्क अनिबार्य रुपमा प्रयोग गर्न सुझाब दिईएको जेसिसका २०२० का अध्यक्ष दिलिप सापकोटाले जन सरोकारलाई जानकारि दिनुभयो ।

सुक्रबार बिहानै देखि मास्क नलगाई हिड्नेलाई मास्कको प्रयोग गर्न अनुरोध गर्दै मास्क बितरण समेत गरिएको जेसिसका पुर्ब अध्यक्ष अनन्त अधिकारीले बताउनुभयो ।

सचेतना कार्यक्रमले कोरोनाको संक्रमण समुदायस्थरमा फैलन नदिने उदेश्यले गरिएको चन्द्रनिगाहपुर जेसिसले जनाएको छ ।जेसिसले सामाजिक दुरि कायम गर्न,अनावश्यक काममा हिड्डुल नगर्न,भिड्भाड नगर्न आग्रह गर्दै कोरोनाको युद्ध जित्न एक भयर सचेतना फैलाउन समेत आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles