दीपक कुमार
गौर,१६ साउन । राजदेवी नगरपालिका वार्ड न.८ का वडा अध्यक्ष लाई कोरोणा भाईरस संक्रमण देखीएपछि उनको सम्पर्कमा रहेका करिब ३०० जनालाई क्वारेन्टाइनमा राखिने भएको छ । नगर प्रमुख धिरेन्द्र प्रसादसिंहको आग्रहमा स्थानीय प्रशासनले पुर्ब माननीय बबन सिंह र उनकि धर्मपत्नी उपमेययर अन्सु सिंह समेत गरि १६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनु भएको छ । वार्ड अध्यक्षकि श्रीमतीको करेन्ट लागेर निधन भएपछी भएको थियोे । उनका समर्थक तथा आफन्तहरु खबर प्राप्त हुन साथ मलामीमा सहभागी भएका थिए । कोरोना संक्रमीत अध्यक्षको सम्पर्कमा आएकालाई तत्काल क्वारेन्टाइनमा राख्न नगर प्रमुख सिंहको पहलमा स्थानीय प्रहरीले नेमधारी वासुदेव उच्च माध्यमिक बिधालयमा खोजी खोजी क्वारेन्टाइनमा राखीरहेको छ । क्वारेन्टाइनमा बसेकि उपमेयर अन्सु सिंहले खान , बस्न समेतको अभाव रहेकोले तत्काल ब्यवस्थापनमा ध्यान पुर्याउन नगर प्रमुख सङ्ग माग गर्नु भएको छ । पुर्ब माननीय बबन सिंहले मेयरको आफू हरु बिपक्षी रहेकोेले अमानवीय ब्यवहार गरिरहेकोमा स्थानीय प्रशासन , संचारकर्मी र मानवअधिकारको ध्यानाकर्षणको माग गर्नु भएको छ । यस विषयमा प्रश्न गर्दा नगर प्रमुख सिंहले क्वारेन्टाइनमा बसेकालाई ब्यवस्थापन प्रक्रियामा नगरपालिका लागेको प्रतिकृया दिनुभयो ।


