चन्द्रपुर ७ मा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकाको ७ नम्बर वडामा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । बुधबार ७ नम्बरका वडाअध्यक्ष बिष्णु प्रसाद उप्रेती र प्रभु बैंक,चन्द्रपुर शाखाका प्रमुख राजेश पोख्रेलले घरमै गएर अशक्त बृद्द्बृद्दालाई भत्ता बितरण गरिएको वडाअध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । चन्द्रपुर ७ का पाहुन खा थारु र मुर्तिया देबिलाई ४ महिनाको मासिक ३ हजारका दरले १२/१२ हजार रुपैयाँ बितरण गरिएको प्रभु बैंकका शाखा प्रमुख पोख्रेलले जानकारी दिनुभयो । अबका दिनमा प्रभु बैंकको सहयोगमा अपांग,असक्तलाई घरमै पुगेर भत्ता बितरण हुने वडाध्यक्ष उप्रेतिले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles