चन्द्रपुर । बुधबार बिहानबाट रौतहट सहित देशभर नै चिसो बढेको छ । बिहान बेलुका र रातको समयसँगै दिउँसोपख पनि चिसो बढेको हो । केही दिनदेखि रौतहट सहित आसपासका जिल्लाको मौसम राम्रोसँग उघ्रिएको छैन् । मङलबार दिनभर नै हुस्सु लागिरहेर यस क्षेत्रमा घाम लागेन् । उत्तरी भेगको तुलनामा दक्षिणी भेगमा अझ बढी मात्रामा हुस्सु लाग्ने गरेको स्थानीय वासिन्दाले बताएका छन् । बिहान–बेलुका शीत झरेर हुस्सु लाग्ने र रातको समयमा चिसो हावा चल्दा गरिब तथा दलित परिवारहरु प्रभावित बन्न छन् ।
दिउँसोको समयमा पनि पारिलो घाम लाग्न छाडेर हुस्सु लाग्न थालेपछि तापक्रम घट्दै गएको हो । बढ्दो चिसोमा स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरुले सुझाब दिएका छन । यो बेलामा धूलो धूँवासँगै चिसोको संक्रमण अत्याधिक देखिँदा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने समस्या हुने चन्द्रपुर हस्पिटल प्रालीका डा.सुभाष चौधरीले बताउनुभयो ।
स–साना बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका मानिसलाई अहिलेको समयमा बढी ध्यान दिनुपर्ने भन्दै डा. चौधरीले झोलिलो र ताजा खानेकुरामा जोड दिन सुझाव दिएका छन् ।


