असंवैधानी कदम विरुद्ध विरोध कार्यक्रमको तयारीमा नेपाली कांग्रेस

संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाका पक्षमा पुस २५ गते हुने भनिएकोे विरोध कार्यक्रमको तयारीमा नेपाली का“ग्रेस जुटेको छ । रौतहट क्षेत्र नम्बर ४ ‘ख’ मा हुने विरोध कार्यक्रमको छलफलमा नेपाली कांग्रेस क्षेत्र नम्बर ‘ख’ को संयोजक शेख तबारखको अध्यक्षता तथा क्षेत्र नम्बर ४ को संघिय सांसद देव प्रसाद तिमिलसीनाको प्रमुख आतिथ्यमा गरुडामा सम्पन्न भएको हो । पुस २५ गते गरुडा बजारमा हुने विरोध कार्यक्रमा जनसहभागीता जुटाउन तथा असंबैधानीक कमद विरुद्ध आम नेपालीलाई एक हुन समेत सांसद तिमिलसीना आग्रह गर्नु भयो । त्यस्तै रौतहटको विभिन्न क्षेत्रको प्रदेश सभा क्षेत्रमा विरोध कार्यक्रम हुने भएको छ । रौतहट क्षेत्र नं.२‘क’ को ईशनाथ नगरपालिका–९ डुमरीयमा विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
कटहरिया नपाको मुख्य बजार नेपाली कांग्रेसको बैठकले संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाका पक्षमा पुस २५ गते शनिवार दिनको ११ बजे विरुद्ध प्रदर्शन हुने निर्णय सविधान सभा सदस्य तथा पुर्ब माननीय सुनिल कुमार यादव अगुवाईमा निर्णय गरेको छ । यादवले पुस २५ गते शनिबार हुने बिरोध सभाको लागी बिभिन्न नेता कर्याकर्ता संग भेटघाट गरि सबै जना एक जुट भइ बिरोध प्रदर्सन मा सहभागी हुन निर्देशन दिनु भएको छ । क्षेत्र नं.३ द्वारा प्रदेश सभा क्षेत्र (क) र (ख) मा दुइ ठाउ“मा अधिनायकवाद कम्युनिष्ट सरकार को बिरोध प्रदर्शन, फतुवा बिजयपुर नगरपालिकाको बिजयपुर बजारमा र प्रदेश सभा(ख) को देवाहि गोनाहि नगरपालिकाको गोनाहि बजारमा गरिने भएको छ । जिल्लाको विभिन्न प्रदेशसभा क्षेत्रमा पुस २५ गते सरकारको असंवैधानिक कदम विरुधमा विरोध कार्यक्रम रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति कृष्ण प्रसाद यादवले बताएका
छन् । नेपाली काँग्रेस पार्टीले सरकारले गरेको संसद विघटनाको असंवैधानिक कदम विरुद्ध पुस २५ गते ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्ने, माघ ३ गते ७५३ नगरहरुमा विरोध प्रदर्शनको कार्यक्रम राखेको छ भने माघ ८ गते ६७४३ वडाहरुमा सरकारको असंवैधानिक कमद विरुद्ध प्रदर्शन गर्ने निर्णय गरको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles