काण्डै काण्ड लुकाउन चन्द्रनिगाह्पुर आएका शाहिको बर्दियामा सरुवा

रौतहट ।ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीको सरुवा भएको छ । कामै नगरि आर्थिक लाभ मात्र लिन खोज्ने,आफ्ना मातहतका कर्मचारीलाई मान्छेनै नगन्ने प्रवृत्तिका शाहीको बर्दिया जिल्लामा सरुवा भएको हो ।
बिवादास्पद छवि भएका शाहीको सरुवा भएपछि मातहतका प्रहरी कर्मचारीले राहत महसुस गर्न थालेका छ्न । उनको स्थानमा डिएसपी लिलाराज लामीछाने आउने भएका छन । चन्द्रनिगाहपुरमा कार्यारत रहदा लाखौंको अकुत सम्पत्ति कमाएको आरोप उनिमाथी यहाँका स्थानियले लगाउदै आएका थिए,तर प्रहरीको बर्दीको आडमा आफ्नो कार्यकक्ष बाहिरै ननिस्किने शाहिले लाखौं कुम्ल्याएको श्रोतको दाबी छ । सामान्य घट्नामा समेत आर्थिक लाभलिन पल्केका शाहीले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको उनी सुत्ने कोठाको एसि समेत आफु सरुवा हुन लागेको सुचना पाउनासाथ आफ्नो घर लगेको श्रोतको दाबी छ । स्मरण रहोस:एक बर्ष अघि चक्का जामको कार्यक्रममा सहभागी हुन गएका नेपाल तरुण दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कालाई डीएसपी शाहीले दशैँमा तरुण दलले खसी नदिएको झोँकमा गोली हानेर तिघ्रा छेड्ने धम्की दिएको अडियो समेत सार्वजनिक भएको थियो । तर,उच्च प्रहरी अधिकृतको गुहार अनि तत्कालीन सरकारका मन्त्रीका पहुचका आधारमा कार्वाहीबाट बच्न सफल उनले बर्दियामा के गर्छ्न त्यो निकट भविस्यमा हेर्नै बाकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles