शहिद दिवशमा नेविसंघले निजगढमा गर्यो शहिदको शालिकमा माल्यार्पण

निजगढ,१६ माघ ।
शहिद दिवशको अवशरमा नेपाल विध्यार्थी संघ गौरीशंकर क्याम्पस निजगढले शहिद हिरालाल गौतमको शालिकमा माल्यार्पण गरेकोछ । नेविसंघ गौरीशंकर क्याम्पसले निजगढको शहिद हिरालाल पार्कमा रहेको जनआन्दोलन २०६२÷६३ का क्रममा शहादत प्राप्त शहिद हिरालाल गौतमको शालिकमा माल्यार्पण गरेकोहो ।
कार्यक्रममा निजगढका मेयर सुरेश कुमार खनालले शहिदहरुको बलिदानीबाट प्राप्त उपलब्धिलाई व्यवस्थित र दिर्घकालिन बनाउनुपर्ने कुरामा जोड दिनुभयो । मेयर खनालले शहिदको सपना साकार पार्न कुनैपनि शक्तिको दबाबसामु झुक्न नहुने कुरामा जोड दिनुभयो । शहिदको बलिदानीले नै जनतालाई अधिकार प्राप्त बनाएको बताउनुभयो ।
कार्यक्रममा नेपालि कांग्रेसका महाधिवेशन प्रतिनिधि पेमासिद्धि लामाले जहानिया शाशनमा मात्रै निहित रहेको शाशकिय शक्ति जनताले प्राप्त गर्न शहिदको ठुलो योगदान रहेको बताउनुभयो। यसैगरी नेपालि कांग्रेस निजगढका सभापति महेशी कुमरले मुलुकले अहिले प्राप्त गरेको उपलब्धि र राजनैतिक व्यवस्था शहिदहरुको चाहना र योगदानले प्राप्त भएको भन्दै शहिदहरुलाई वार्षिक रुपमा मात्र सम्झिएर शहिदहरुको सपना पुरा नहुने जिकिर गर्नुभयो । शहिद हिरालाल गौतम जनआन्दोलनको क्रममा २०६३ वैशाख ४ गते नेपालि सेनाको गोलि लागि शहिद हुनुभएकोथियो । नेपाल विध्यार्थी संघ गौरीशंकर क्याम्पस निजगढका संयोजक नवराज चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालि कांग्रेस बारा क्षेत्र नम्बर १ का सदस्य पदम बहादुर भण्डारी,नेपालि कांग्रेस निजगढका सचिव आशिष तामाङ,सहसचिव बुद्धि शाही,नेपाल सांस्कृतिक संघ बाराका सभापति भाईकाजी श्रेष्ठ सहिद पत्नी गायत्री गौतम,नेविसंघ नेपाल कमर्श क्याम्पसका अध्यक्ष विष्णु खड्का,महिला नेतृ चन्द्रिका मगर लगायत नेपालि कांग्रेस र बिभिन्न भात्रृ संस्थाका नेता तथा कार्यकर्ताहरुको सहहागिता रहेकोथियो ।
नेविसंघ नेता मधु तिमल्सिनाले संचालन गर्नुभएको कार्यकममा स्वागत मन्तव्य रविकुमार वार्तौलाले राख्नुभएकोथियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles