चन्द्रपुर÷संसद बिघटनको बिरोधमा नेपली काग्रेस निकट तरुण दलले रौतहटको चन्द्रनिगाहपुरमा सरकार बिरुद्ध बिरोध प्रर्दशन गरेको छ । तरुण दल रौतहटको आयोजनामा भएको बिरोध प्रर्दशनले चन्द्रपुर नगरको बिभिन्न भागको परिक्रममा गरेको थियो । बिरोध प्रर्दशन पछि चन्द्रनिगाहपुर स्थित मेन चोकमा आयोजित कोणसभामा नेपाली काग्रेस रौतहटका सभापति कृष्ण प्रसाद यादवले ओली सरकारको असंवैधानिक कदमको विरोध गर्नुभयो ।


कार्यक्रममा तरुण दल रौतहटका सभापति नौसाद आलम ,पुर्व सांसद देव प्रसाद तिमलसिना, प्रदेशसभा सदस्य धनलाल ठोकर लगाएतका नेताहरुको सहभागिता रहेको थियो जिल्ला भरका तरुणदलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको बिरोध प्रर्दशनमा प्रर्दशनकारी सरकार बिरोधी चर्को नारावाजी गरेका थिए । तरुणदल केन्द्रको कार्यक्रम अनुसार सोमबार रौतहटमा बिरोध प्रर्दशन भएको तरुणदल रौतहटका उपसभापति शोभित सिलवालले जानकारी दिएका छन । केपी सरकारले गरेको असंबैधानिक कदम लाई न्यायलयले सदर गरेमा नेपाली काग्रेस जुनसुकै हद सम्म जान सक्ने युवा नेता कल्याण कार्कीले बताए ।
संसद बिघटनको बिरोधमा नेपली काग्रेस निकट तरुण दलले रौतहटको चन्द्रनिगाहपुरमा सरकार बिरुद्ध बिरोध प्रर्दशन गरेको पुरा भिडियो










