गौर । रौतहट र सर्लाहीको सिमाना मा रहेको बागमति नदिमा पानीको सतह बढेपछी सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
जल तथा मौषम बिभागको मापन अनुसार बागमती नदिमा ५ सय मिलि लिटर पानी भए खतरा हुन्छ तर आज बिहान मापन गर्दा ५ सय ३० मिलिलिटर पुगेपछि प्रशासनले सतर्क रहन आग्रह गरेको हो ।
बागमतीमा रहेको सिचाइ आयोजनाको ३० वटै ढोका खोलिएको छ भने लालबकैया, चादी , झांझ नदि मा बाढी बढेकाले किनार आसपास का बासिन्दा लाई सचेत रहन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।


