गरुडा । लायन्स क्लव अफ चन्द्रनिगाहपुरले बिहिवार गरुडामा रहेको अनाथलय मा खाध्यान्न सहयोग गरिएको छ ।
कार्यक्रममा बंशिराम अनाथलय का सस्थापक बंशिराम जयसवाल लाई सम्मान गरिएको छ ।मोर ह्डान्ड, मोर सर्भिस भन्ने मुल नाराका साथ यस बर्षभरी विभिन्न कार्यक्रमहरु आयोजना हुने जनाइएको छ ।
क्लवको अन्तराष्ट्रिय स्थापना दिवसको अबसरमा खाध्यान्न सहयोग तथा सम्मान कार्यक्रम राखेको जनाएको छ ।
१४ एरिया क्लस्टर का संयोजक दिपक रेग्मीले स्थापना दिवसको अवसरमा अनाथलय मा बसेर अध्ययन गर्ने बालबालिकाहरुका लागि थोरै भए पनि सहयोग गरौ भन्ने उदेश्यले कार्यक्रम गरिएको बताए ।
सवै वालवालिकाहरु लाई सरसफाइ कीट , १० बोरा चामल, एक बोरा नुन, दाल, पानी ,तेल लगाएतको खाध्यान्न सहयोग गरिएको छ ।
कार्यक्रमको संचालन पुर्व अध्यक्ष बासु अधिकारी ले गरेका छन । सभापतित्व क्लवका अध्यक्ष नारायण न्यौपाने , प्रमुख अतिथी गरुडा ४ का अध्यक्ष चुनचुन साह , बिशिस्ट अतिथी बंसिराम जयसवाल अनाथलयका अध्यक्ष भुवनेस्वर प्रसाद जयसवाल ,गरुडा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामराजा केशरी , अनाथलयका व्यवस्थापन समितीका सचिव गणेश साह , पाष्ट रिजन चियरपर्सन बिनोद गुप्ता, संचारकर्मी संजय साह मित्र, फणि महत, बालबिक्रम कार्की , राजेश्वर पाण्डे लगाएतको उपस्थिती रहेको थियो । क्लवका उपाध्यक्ष कृष्ण देव यादव ले स्वागत मन्तव्य राखेका छन । खाध्यन्न बितरण कार्यक्रममा क्लवका सचिव माधव भट्टराई , सदस्य पुजन सत्याल लगाएत व्यक्तिहरुको उपस्थित रहेको थियो ।
अनाथलयको अवस्था र संचालन प्रकृयाको बारेमा अनाथलयका व्यवस्थापक हृदयनारायण कुश्वाहले जानकारी गराएका छन ।
क्लवले स्वास्थ्य, शिक्षा, वातावरण , बालश्रम र माहामारी बिरुद्घ को बिषयमा बिभिन्न कार्यहरु गर्दै आएको छ ।



