मेगा बैंकको ५ वटा नया शाखा विस्तार

काठमाण्डौ–मेगा बैंक नेपाल लिमिटेडले आइतबार एकै दिन ५ ओटा नया“ शाखाहरू विस्तार गरेको छ ।
बैंकले देशका विभिन्न जिल्लामा आफ्नो नया“ शाखाहरू विस्तार गरेको हो ।
मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा शाखाहरु विस्तार गरेको हो । यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए ।
मेगा बैंकले यो एक महिनाको अवधिमा मात्रै १२ वटा शाखा विस्तार गरिसकेको छ । अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालयहरु रहेका छन् भने थप ४ वटा शाखाहरु सञ्चालनमा आउने तयारीमा रहेका छन् । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले गुणस्तरीय र छिटो छरितो सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles