फोहोर व्यवस्थापनमा नहुदा नदि प्रदुषित बन्दै

चन्द्रपुर–रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको धार्मिक पर्यटकिय स्थल नुनथर दिनानुदिन प्रदुषित बन्दै गइरहेको छ ।
संरक्षण, प्रवद्र्धन र सञ्चालनको जिम्मा पाएको नुनथर क्षेत्र विकास समितिले सो क्षेत्रमा उत्पादित फोहोर व्यवस्थापन गर्न नसक्दा वरपर जताजतै फोहोरका थुप्रोहरु देखिन थालेका छन् । नुनथर घुम्न आउने पर्यटक, तिर्थालु, पिकनिक खान आउनेहरु एवम् सो क्षेत्र वरपर सञ्चालन अनुमति पाएका होटलहरुबाट निस्कने फोहोरको सही व्यवस्थापन हुन नसक्दा नुनथर क्षेत्रका साथै बागमती नदि पनि प्रदुषित भइरहेको छ ।
अहिले बागमती नदि किनारमा प्लाष्टिकका खोलहरु, पेय पर्दाथका खाली बोतलहरु, पानीका प्लाष्टिकका बोतलहरु, रक्सी तथा वियरका बोतलहरु जताजतै देख्न सकिन्छ ।
यसरी नदि किनारमा थुप्रिएका फोहरहरु पानीले बगाएर सोर्झै बागमती नदिमा मिसाइदिने गरेको छ ।
जसले गर्दा अहिलेसम्म सफा रहेको रौतहटको बागमती पनि काठमाडौको बागमतीजस्तै फोहोर हुने हो कि भन्ने चिन्ता स्थानियमा बढ्न थालेको छ ।
भगवान शिव पार्वतीस“ग आस्था जोडिएको नुनथर र बागमती क्षेत्रमा फोहोर बढ्न थाल्नु दुःखद् भएको बारा जिल्लाबाट आएका एक बोलबम तिर्थालुले गुनासो गरे ।
उनले भगवान शिव पार्वतीको पवित्र भूमि नुनथर र हिन्दुहरुको पवित्र नदि बागमती प्रदुषित हुदा पनि सरोकारवाला निकायले यसमा ध्यान नदिएको देखिएको बताए ।
रौतहट, सलार्ही, मकवानपुर र सिन्धुली जिल्लाको संगमस्थलको रुपमा रहेको नुनथर क्षेत्र प्राकृतिक रुपमा पनि निकै सुन्दर रहेको छ ।यहा“को प्राकृतिक सुन्दरताको आनन्द लिन विभिन्न छिमेकी जिल्लाको मात्र नभएर छिमेकी मुलुक भारतबाट पनि ठुलो संख्यामा पर्यटकहरु आउने गरेका छन् ।
यसरी आउने पर्यटकहरु भने त्यहा“ बढ्दै गइरहेको फोहोर देखेर खिन्न हुने गरेका छन् ।
नुनथर पार्क भित्र केही स्थानहरुमा फोहोर संकलनका लागि डस्विनहरु राखिएपनि त्यसको सदुपयोग भएको छैन् । केही डस्बिनहरु फुटेर कामै नलाग्ने भएका छन् अधिकासं डस्बिन बाहिरनै फोहोर फालिएका हुन्छन् ।
नुनथर र बागमतीको महत्व र सौन्दर्यतालाई जोगाइ राख्न नुनथर क्षेत्र विकास समिति र चन्द्रपुर नगरपालिकाले तुरुन्त चासो दिएर फोहोरको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने नेपाली का“ग्रेस रौतहट क्षेत्र नम्बर ४ का क्षेत्रिय सचिव विनोद गुप्ताको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles