नदीले जग्गा कटान गरेपछि समस्या

समनपुर–रौतहटमा केही दिन यता लगातार भएको बर्षाका कारण वागमती नदीले खेती योग्य जमिनलाई कटान गरेको छ ।
वागमती नदीले जिल्लाको गढिमाई नगरपालिकाको वडा नम्वर ३ लक्ष्मिपुर स्थित पचासौं विगहा जमिनलाई कटान गरेको हो ।
स्थानीय रहमान अन्सारीका अनुसार सोमवार विहानै खेतमा जा“दा १० कठ्ठामा लगाएको केरा खेती वागमती नदीले रातभरीमा कटान गरेको गुनासो गरे । कटान नियन्त्रण गर्न सम्बन्धित निकाय उदाशिन रहदा आफूहरुको बाली वागमती नदिले लगेको बताए ।
अन्सारीले अधिका“श किसानहरु बर्ष भरीको लागि जोहो गर्ने खाध्यान्न सामाग्री बागमती नदीले कटान गर्दा परिवारको हातमुख जोड्न निकै गाह्रो हुने बताए । कोरोनाको मार खेप्नु परेका किसानहरुलाई अर्को आपत वागमती नदीले सृजना गरेको किसानहरुको गुनासो रहेको छ ।
कटान कार्य तिव्र रहेकै कारण पश्चिमी बा“धको पा“च मिटर नजिक नदी पुगिसकेको हुदा बा“ध कटान हुने सम्भावना बढेर गएको पिडितहरुले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भट्राईले वागमती नदी कटान सम्बन्धमा स्थानीय बासिन्दाहरु मार्फत जिल्ला प्रशासन कार्यालयलाई आईतबारै जानकारी प्राप्त हुना साथ वागमती तथा लाल बकैया नदी नियन्त्रण योजनाको प्रमुखलाई तत्काल नियन्त्रणको कार्य थालनी गर्न निर्देशन दिइसकेको बताए ।
सम्बन्धित स्थानीय तहलाई पनि नियन्त्रणको कार्यमा सकारात्मक भुमिका निर्वाह गरी बा“धलाई संरक्षण गर्दै स्थानीयहरुको जग्गालाई सुरक्षित राख्न समेत आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्राईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles