तराई एक्सप्रेस दैनिकको १६ औं वार्षिक उत्सव सम्पन्न

चन्द्रपुर–रौतहटको चन्द्रनिगाहपुरबाट नियमित रुपमा प्रकाशित हुंदै आएको तराई एक्सप्रेस दैनिकले आफ्नो १६ औं वार्षिक उत्सव सम्पन्न गरेको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरि तराई एक्सप्रेस दैनिकले आफ्नो वार्षिक उत्सव सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिव पुरीले सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिकी घटनाको विश्लेषण गरी अगाडी ल्याउन तराई एक्सप्रेस पत्रिका अगाडी रहेको बताए ।
आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रेषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसंग अन्र्तक्रिया मार्फत शैक्षिक,राजनितिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा आम जनतालाई सुचिकृत गराउदै लैजाउनु पर्ने पत्रकारको दायत्वि रहेको उनले बताएका छन ।
यस्तै पत्रकार प्रभात कुमार झाले रौतहटमा फेसबुक पत्रकारिता हावी हुदै गएको प्रति चिन्ता व्यक्त गरेका छन ।
सञ्चारकर्मी सवेदनशील नभएसम्म आक्रमणको शिकार हुने डर संधै भइरहने भएकाले नकारात्मक समाचार नलेख्न समेत पत्रकार झाले आग्रह गरे ।
कार्यक्रममा तराई एक्सप्रेस दैनिक पत्रिकालाई यहां सम्म ल्याई पु¥याउन सहयोग गर्नेहरुलाई सम्मान पत्रले सम्मानित गरेका छन् । सम्मानति हुनेमा तराई एक्सप्रेस दैनिक पत्रिकाको सह—सम्पादक पदमा कार्यरत रहेका पत्रकार रुपेन्द्र पटेल,साहित्यकार तथा बज्जिका भाषा ज्ञाता संजय साह मित्र,तराई एक्सप्रेस कर्मी गोपाल तिमल्सिना,पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेम चन्द्र झा सम्मानित भएका थिए ।तराई एक्सप्रेस दैनिकका प्रधान सम्पादक अशोक पहाडीको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन सन्तोष काफ्लेले गरेका थिए । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान,ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछाने अखिल नेपाल फुटबल महासंघ प्रदेश २ का अध्यक्ष नेपाल कार्की,पत्रकार यादव राज पुरी,फणि महत,सुब्बा कार्की प्रिमेश शिवाकोटी,श्याम काकी,दिपु मिश्र लगायत को सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles