रतौली पाखामा वनको जग्गा अतिक्रमण,वनले उखाल्यो घर

चन्द्रपुर–रौतहटमा पछिल्लो समय वनको जग्गा अतिक्रमण गरेर बस्ती बस्नेको संख्या बढ्दै जान थालेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गौंडाटार रतौली पाखा स्थित आदर्श सामुदायीक वनको जग्गामा केही स्थानियहरुले जग्गा अतिक्रमण गरेर बस्नको लागि काठको घर बनाएका थिए ।
आदर्श सामुदायीक वनको जग्गामा स्थानियहरुले मनलाग्दि बस्ति बस्नको लागि घर बनाएको थाहा पाएपछि गांैडाटार सव डिभिजनले स्थानियले बनाएको चार वटा काठको घर उखालेर लगेका छन् ।
बुधबार गस्तिको क्रममा वनको खाली चौरी जग्गा अतिक्रमण गरेर बनाएको घर उखेलेर सव डिभिजन वन कार्यालय गौंडाटारले लगेको गौंडाटार सव डिभिजन वन कार्यालयका फोरेष्टर सहिन्द्र झाले जानकारी दिएका छन् ।
उनले वनको जग्गामा यसरी मनलाग्दि तरिकाले घर बनाएर बस्न नमिल्ने बताए । रतौली पाखामा वनको जग्गा अतिक्रमण गरेर घर बनाएका व्यतिmहरुको खोजतलास जारी रहेको र मान्छे भेटिएको खण्डमा कानुन बमोजिम कार्वाही हुने फरेष्टर झाको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles