ठेकेदार र प्रहरीको मिलेमतोमा नदी दोहन

गौर–सरकारले असारदेखि भदौ महिनासम्म नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाए पनि रौहतट र सर्लाहीमा भने यसको पालना भईरहेको छैन् । स्थानीय ठेकेदार र प्रहरीको मिलेमतोमा सरकारी बन्देजको वेवास्ता गर्दै सर्लाही र रौतहटको सिमा भएर बग्ने बागमती खोलाबाट दैनिक सयौं टयाक्टर र टायरगाडा प्रयोग गरी ढुङ्गा, गिट्टी र वालुवा उत्खनन भइरहेको पाइएको हो ।
जिल्लाको ठूलो नदीको रुपमा रहेको बागमती नदीमा नदीजन्य पदार्थको ब्यापक उत्खनन् भईरहेको स्थानीयको भनाई छ । तस्करहरुले यतिखेर बामगती नगरपालिका अन्तर्गत रामपुरघाट, लालबहादुरटोल, खर्सालघाट र बरहथवा नगरपालिका अन्तर्गत हजरियाको छसय विगाह र मलाहटोलबाट दैनिक ट्याक्टर मार्फत ढुंगा, गिटी बालुवा जस्ता नदीजन्य पदार्थ उत्खनन् गरिरहेका छन् । यसरी दैनिक सयौं सवारी साधनको प्रयोग गरी नदि दोहन भइरहदा पनि सम्बन्धित निकाय बेखबर छन् ।
अवैध रुपमा उत्खनन गरी निकालिएका नदीजन्य सामग्री बिक्री गर्ने र बिक्री नभएको खोलाको बगर र अन्यत्र भण्डारण गर्ने गरिएको छ ।प्रतिवन्ध हटेपछि ब्यापारीहरुले महंगोमा बिक्री गर्ने हजरियाका स्थानियहरुको भनाई रहेको छ । जनप्रतिनिधिकै आफ्ना पार्टीका कार्यकर्ता र आफन्तसहित प्रहरीको मिलेमतोमा नदी दोहन भइरहेको आरोप लागेको छ । नदी नजिकै रहेका गाउ“का स्थानीय ठेकेदारहरुले दादागिरी शैलीमा नदीजन्य सामग्रीको उत्खनन गरिरहदा पनि सम्बन्धित निकाय भने मौन रहेको छ ।
तस्करहरुले खोलाबाट विभिन्न साधन प्रयोग गरी नदीजन्य वस्तु निकाल्नाले बागमती,चादि खोला,बाके, लखन्देही, फूलजोर र कालिन्जोर खोला किनार आसपासका सयौ बिगाहा जमिन कटानको चपेटामा परेको छ ।
त्यस्तै, तटिय क्षेत्रमा रहेका दर्जनौ बस्ती नै डुवानमा पर्ने जोखिम रहेको स्थानियले चिन्ता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles