काठमाडौको सिडिओमा रिजाल ईन

काठमाण्डौ–गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको सरुवा गरेको छ । प्रजिअ पराजुलीलाई मन्त्रालयमा सरुवा गरिएको हो ।
उनको ठाउ“मा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । मन्त्रालयमा हाजिर भएपछि पराजुलीको शाखा तोकिनेछ ।
पराजुलीस“ग बालुवाटार र गृहमन्त्रालय रुष्ट थियो । हालै माधवकुमार नेपालले नया“ पार्टी बनाउने प्रक्रियामा चन्द्रागिरी रिसोर्टमा केन्द्रीय सदस्यहरुको भेला राखेका थिए । सीडीओ पराजुलीले महामारीको वेला भिड जम्मा गरेको भन्दै रिसोर्टलाई स्पष्टिकरण सोधेका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा हुनु भएका रिजाल सल्यान, कैलाली, रौतहट, दाङ,मकवानपुर लगायतका जिल्लाहरुको प्रमुख जिल्ला अधिकारीको कमाण्ड सम्हाली सकेका छन् । उनी गृह प्रशासनका अनुभवी तथा अब्बल प्रशासकको रुपमा ख्याती पाएका व्यक्ति हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles