चन्द्रनिगाहपुर–रौतहट प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिनोद घिमिरेले चन्द्रनिगाहपुरका संचाकर्मीहरु संग अन्तरक्रिया गरेका छन् ।
आईतवार एक कार्यक्रमका बिच हिमालयन होटलको सभा हलमा रौतहटको शान्ति सुरक्षाको अवस्था तथा चुनौतीको बारेमा प्रहरी उपरिक्षक घिमिरेले चन्द्रनिगाहपुरका संचाकर्मीहरु संग अन्तरक्रिया गरेका हुन् ।
जिल्लामा शान्ति सुरक्षाको अवस्था, अपराध रोकथाम तथा नियन्त्रण, अवैध चोरी निकासी, पैठारी, झै–झगडा, प्रहरी आचरण, प्रहरीको सेवा प्रदानमा लगाएतको बिषयहरुमा पत्रकारसंग कार्यक्रममा छलफल गरिएको थियो ।
इमान्दारीता मानव जातीको मुख्य मन्त्रलाई शिरोपर गर्दै आफ्नो कार्य र कर्तब्यबाट पछि नहट्ने उपरिक्षक घिमीरेको भनाई रहेको छ । उनले शान्ति सुरक्षा स्थापनाका लागी पत्रकारहरुको अहम भुमिका रहने भएकाले आफु पत्रकारहरुस“गै सहकार्य गर्दै अगाडी बढ्ने बताए ।
सो कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपि लिलाराज लामिछाने,पत्रकार महासंघका केन्द्रय सदस्य शिव बहादर पुरी,पत्रकार महासंघ रौतहटका सल्लाहकार संजय कार्की,नेपाल प्रेस युनियन रौतहटका सभापति यादवराज पुरी ,सचिव दिपु मिश्र,पत्रकार महासंघ रौतहटका पुर्व कोषध्यक्ष रमेश तिमल्सिना,रत्न अधिकारी,सुब्बा कार्की ,अनमोल कार्की,उपेन्द्र गोले,सन्तोष काफ्ले,रुपेन्द्र पटेल,लगायत चन्द्रपुर क्षेत्रमा विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।


