पत्रकार प्रभात झा जनसेवा श्रीबाट सम्मानित हुने

गौर–७ औं संविधान दिवशको अवसरमा राष्ट्रपति कार्यालयद्धारा सार्वजनिक गरिएको जन सेवा श्री पुरस्कारबाट सम्मानित हुने सुचीमा नेपाल पत्रकार महासंघ रौतहट शाखा सदस्य एबम रौतहटका बरिष्ठ पत्रकार प्रभातकुमार झाको नाम सिफारिस भएको छ ।
राजधानी बाहिर मोफसलमा रही त्यसमा पनि रौतहट जिल्लामा रहेर लामो समय देखि पत्रकारिता क्षेत्रमा श्रमजिवी भई कार्यरत रहेका झा लाइ मूल्याकनको आधारमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयद्धारा संविधान दिवशको अवसरमा विभुसित हुने पत्रकारहरुको सुचीमा पर्नु भएको हो ।
दुई बर्ष सम्म राससमा काम गर्दै विभिन्न पत्रकारिता सम्बन्धि तालिमहरु लिदै निजी क्षेत्रका राजधानी दैनिक पत्रिकामा आबद्ध भए, निजी क्षेत्रमा कार्यरत १ बर्षमै सम्पादक पुरुषोत्तम दहालको टिम राजधानी दैनिकबाट बाहिरीदा संगै त्यहा“बाट विदा भए पश्चात पुन ः निजी क्षेत्रमै संचालित आप्का हाउसमा प्रवेश गर्दै द हिमालयन टाइम्समा हाल सम्म कार्यरत रही समाज, जिल्ला र राष्ट्रको उन्नती प्रगति हुने कार्यमा सकारात्मक रुपमा कलम चलाउदै आएको झालाई जनसेवा श्री बाट बिभुषित हुने अवसरमा नाम सिफाशि हुनु आफैमा गौरवान्ति भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles