यमुनामाईमा पैसा लिएर बेचिंदै अमेरिकन खोप[भिडियो सहित]

गौर । नेपाल सरकारले निःशुल्क बितरण गरिरहेको कोरोना भाईरसको खोप पैसा लिएर बेचिएको आरोप लागेको छ । रौतहटको यमुनामाई गाँउपालिका वडा नम्बर ४ सरुअठामा रहेको सहरी स्वास्थ्य केन्द्रले ५ देखि १५ सय रुपैया लिएर खोप बिक्रि गरेको आरोप स्थानीयले लगाएका छन् । स्वास्थ्यकर्मी सुधिर कुमार सिंहले अमेरिकन कम्पनी जोन्सन एण्ड जोन्सनको (जानसिन)नामको खोप लगाउन १५ सय रुपैंया लिएको स्थानीय मो.हुसेनले आरोप लगाए । उनले आफ्नो छोरालाई वैदेशिक रोजगारीका लागी पठाउनुपर्ने भएकाले पैसा तिर्न स्वास्थ्यकर्मी सिंहले बाध्य बनाएको बताए ।
एक डोज मात्र लगाए पुग्ने यो अमेरिकन खोपका लागी आफुसंग पनि पैसा लिईएको अर्का स्थानीय रामजनम साहले बताए । स्वास्थ्यकर्मी सिंहले १५ सय मागेको भएपनि ५ सय दिएपछि खोपकार्ड बनाएर खोप लगाईदिएको उनले बताए । सो वडाका वडाध्यक्ष चेतन यादबले जनतालाई स्वास्थ्यकर्मी ंिसंहले ठगेर फरार भएको बताए ।
जनताले निशुल्क पाउनुपर्ने खोपमा समेत पैसा लिएर आर्थिक लाभ लिने स्वास्थ्यकर्मीलाई कारवाही गरिनुपर्ने उनिहरुको माग छ । स्वास्थ्कर्मी सिंहले कति खोप बेचे भन्ने कुराको जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशाासन कार्यालय,रौतहटले छानविन गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles