रौतहट । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा वडा अधिवेशन आज नहुने भएपछी अनिस्चित बनेको छ । क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी रहेका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलालीमा वडा अधिवेशन नै सरु हुन नसकेपछी महाधिवेशन कहिले हुने भन्ने बारेमा कार्यकर्तामा अन्योलता छाएको छ ।
क्रियाशील सदस्यता विवरण प्राप्त नहुँदा अधिवेशन प्रक्रिया प्रारम्भ गर्न नसकिएको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैँ अघिसम्म सबै जिल्लामा पालिकाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको भएपनि पटक पटक तालिका परिवर्तनले गर्दा अन्योलता छाएको छ ।


