आजबाट गौर नाका खुल्ला,भारतीय सवारीहरु आउन पाउने

गौर–नेपाली नाका आज शुक्रवारदेखि खुल्ला हुने भएको छ । सरकारले भन्सार कार्यालयहरुलाई परिपत्र गरेपछि नाका खुल्ने भएको छ ।
भन्सार कार्यालय गौरका प्रमुख सुशिल शर्माले जनाए अनुसार नेपाल तर्फको नाका खुलेको छ । भारतीय सवारी साधनहरु नेपाल आउन चाहे विगतमा जस्तै भन्सार लगायतका राजस्व काटिने उनले बताए ।
२०७६ साल चैत ११ गतेदेखि नेपाल भारतको सीमा सिल गरिएको थियो ।कोरोना भाइरसको संक्रमण बढेको कारण सिल गरिएको सीमा नाका खुल्न लागेको छ । नेपाली पक्षले नाका खुल्ला गरेपनि भारतीय पक्षको निर्णय आइसकेको छैन् । हाल सीमानाकाको छेउबाट पैदल यात्रुहरु आउजाउ गर्न दुबै देशका अधिकारीहरुले छुट दिएको थियो ।
यात्रुबाहक सवारी साधनको आउजाउमा रोक लागेपनि मालबाहक सवारी साधनको आउजाउ निर्वाध भइरहेको थियो । भारतले खुल्ला गरेका सबै नाकाहरुबाट मालवाहक सवारी साधन नेपाल आउने गरेको थियो । अर्थ मन्त्रालयले भन्सार कार्यालयहरुलाई परिपत्रगरि भारतीय सवारी साधनको राजस्व काट्न निर्देशनदिएस“गै गौर लगायतका केहि भन्सार कार्यालयमा शुक्रवारदेखि नै राजस्व काटिने छ । तर केहि भन्सार कार्यालयहरुले आइतवारबाट मात्रा खोल्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles