रौतहटको जंगलमा ४ वटा बाघ

चन्द्रनिगाहपुर–रौतहटको जंगलमा ४ वटा बाघ रहेको फेला परेको छ । एकबर्ष अघि देखि शुरु गरीएको गणनामा रौतहटको जंगलमा ४ वटा बयस्क बाघ रहेको फेला परेको हो ।
गतबर्षको माघ २ गते देखि क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनामा जिल्लाको बनक्षेत्रमा चार वटा बाघ फेला परेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी दिएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र जुओलोजिकल सोसाइटी अफ लन्डन तथा डिभिजन वन कार्यालय रौतहटस“गको सहकार्यमा बाघ गणना शुरु गरिएको थियो ।
रौतहटमा धनसर खोला पूर्व, वाग्मती खोला पश्चिमको वन क्षेत्रको गैंडाटार, जुडिबेला, चोचा, सिम्री , नुनथर लगाएतका स्थानमा १७ जोर क्यामेरा जडान गरिएको थियो । प्रत्येक ५ वर्गकिमि वनक्षेत्रमा एकजोडी र बाघको आवतजावत हुने शंकास्पद स्थानमा दुइजोडी क्यामेरा जडान गरिएको थियो ।
वनक्षेत्रसंग जोडिएको रौतहटको मानवबस्तीहरूमा स्थानीयको चौपाया बाघले आक्रमण गरेको , मानवलाइ समेत आक्रमण गरे पछि बाघ गणना गरीएको हो ।
रौतहटमा फेला परेका बाघहरु पर्सा राष्ट्रिय निकुन्जबाटै गएको पर्सा राष्टिय निकुन्जले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles