एजेन्सी–रसियामा एउटा अनौठो घटना घटेको छ । श्रीमतीले आफ्नै श्रीमानलाई थिचेर मारेको घटनाको खबर अन्तराष्ट्रिय मिडियाहरुले छापेका छन् ।
श्रीमान श्रीमतीबीच विवाद भएका बेला रिसाएकी १ सय १ किलो तौलकी श्रीमतीले माथि चढेर थिच्दा ती श्रीमानको मृत्यु भएको हो । रुसका यी दम्पतीबीच कुनै कुरालाई लिएर विवाद सुरु भएको थियो र विवाद बढ्दै गएपछि क्रममा श्रीमती तात्याना ओ मदिराको नशामा थिइन् । श्रीमतीले श्रीमान एइदरलाई माफी माग्न भनिन् तर श्रीमानले माफी मागेनन् । त्यसपछि रिसमा श्रीमती श्रीमानमाथि चढेर उनको टाउकोमा बसिन् ।
उनी माथि चढेपछि उनका श्रीमानलाई सास फेर्न गाह्रो हुन थाल्यो । तर, श्रीमतीलाई श्रीमानले सास फेर्न नसकेको कुरा थाहा भएन । श्रीमती श्रीमानमाथि त्यतिबेलासम्म बसिरहिन् जबसम्म उनका सास बन्द भएन ।
यी दुईकी छोरी त्यतिबेला घरमै थिइन् ।उनी दौडिएर बाहिर गएर एक छिमेकीलाई बोलाएर ल्याइन् । तर, त्यतिबेलासम्म श्रीमानको मृत्यु भइसकेको थियो । केही समयपछि महिलाले पनि श्रीमानको मृत्यु भइसकेको थाहा पाइन् । महिलाले आफूले श्रीमानलाई मार्न नचाहेको बताएकी छिन् । श्रीमान धेरै बोलिरहेका थिए त्यसैले उनी श्रीमानलाई चुप गराउन चाहन्थिन् । यसैको लागि उनी श्रीमानको मुखमै बसिदिएकी थियन् । सुरुमा महिलामाथि हत्याको अभियोगमा मुद्दा चलाइएको थियो ।
तर, पछि उनलाई लापरवाही गरेर मृत्युको कारण बनेको आरोपमा मुद्दा चलाइएको छ ।