बारा–बाराको दुधौरा, बालगंगा र पसाहा खोला ६ महिनादेखि बन्द छन् । बन्द खोलाछेउमै सञ्चालनमा रहेका बालुवा प्रशोधन उद्योग भने बाह्रै महिना चालु छन् ।
पहाड झैं उचाइमा खोला छेउमा थुप्रिएका बालुवा, ढुंगाको स्रोतबारे सरोकारवाला निकाय बेखबर छन् । स्थलगत रूपमा पुग्दा बालगंगा खोलामा ठूलासाना खाल्टा भेटिन्थे भने खोला छेउकै उद्योगमा भिजेको (आलो) बालुवाको थुप्रो स्पष्टसंग देखिन्थ्यो । जितपुरसिमराअन्तर्गतको बालगंगा खोलाछेउका स्थानीय बासिन्दाले रातभर खोलामा ट्याक्टर चलाएर बालुवा, गिटी, ढुंगा चोरी हुने गरेको बताउछन् ।
जितपुरसिमरा वडा नं १८ बर्डहर्वाका स्थानीय हरिदेव खरेलले प्रहरी प्रशासनकै मिलेमतोमा रातभर खोला दोहन हुने गरेको टिप्पणी गरेका छन् ।प्रहरी प्रशासन र वनका कर्मचारीस“ग सेटिङ नगरीकन खोलामा चोरी गर्ने आ“ट कसैले गर्नै सक्दैनन्, खरेलले भने खोलामा प्रहरी प्रशासनको भूमिका शून्य छ, जसले पैसा बुझाउदैन र सेटिङ गर्दैन, त्यसका ट्याक्टर समात्ने, जसले पुलिसलाई पैसा बुझाउछ त्यसलाई नसमात्ने ।
खोलामा चोरी तस्कारी भएको विषयमा प्रहरीलाई जानकारी गराए पनि कुनै चासो नदेखाएको स्थानीयले जनाएका छन् ।
खोलाको सार्वजनिक जग्गामा अवैध रूपमा सञ्चालन भएका बालुवा उद्योगका कारण नदीजन्य पदार्थको चोरी तस्करी झनै बढेको छ । बाराको दुधौरा, बालगंगा र पसाहा खोलामा मात्रै एक दर्जनभन्दा बढी बालुवा उद्योग मापदण्ड विपरित खोलास“गै जोडिएर सञ्चालनमा छन् ।जितपुरसिमरा वडा नं १२ का वडाध्यक्ष लालबाबुप्रसाद चौधरीले प्रहरी प्रशासनको मिलेमतोमा रातभर खोलामा बालुवा, ढुंगा चोरी हुने गरेको आरोप लगाएका छन् ।
हाम्रो नगरपालिकाले खोला किन खोलिरहेको छैन, क्रसरवालास“ग मिलेर हो कि के हो, रातभर चोरीको बालुवा क्रसरमा आउने, उनीहरूस“ग चर्को मूल्यमा उपभोक्ताले किन्नुपर्ने बाध्यता छ, बालगंगा तथा पसाहा खोला छेउका स्थानीय समेत रहेका वडाध्यक्ष चौधरीले खोलामा चोरी तस्करी नियन्त्रणमा प्रहरी प्रशासनको भूमिका शून्य बराबर रहेको टिप्पणी गरेका छन् ।
चोरी भएको माल क्रसरमा गइरहेको छ, खोला नखुलेर पनि पूरै काम क्रसरबाट भइरहेको छ, चौधरीले भने । जेठ मसान्तदेखि बन्द भएका बाराका दुधौरा, बालगंगा र पसाहा खोला मंसिर अन्तिम सातासम्म खुलेका छैनन् । समयमै खोला नखुल्दा विकास निर्माणको काम समेत ठप्प भएको जनप्रतिनिधिले गुनासो गरेका छन् । यी तिनै खोलाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को मिति गत वर्ष नै सकिएको र नया“ बनाउने प्रक्रियामा रहेका कारण समय लागेको उपमहानगरले जनाएको छ ।
जबसम्म खोलामा ठेक्का लाग्दैन तबसम्म ठेकदारमार्फत नै दैनिक अमानतमा उठाउने विषयमा कार्यपालिका बैठकमा छलफल भइरहेको छ, वडाध्यक्ष चौधरीले भने,खोला नखुल्दा विकास निर्माणका काम रोकिएका छन् । क्रसरवालालाई फाइदा भइरहेको छ ।


