काठमाण्डौं–बिइङ ह्युमनले स्रोत नखुलेको पैसा भेटिएको आरोपमा आफ्ना म्यानेजर पक्राउ परेपछि यस बिषयमा बिज्ञप्ती जारी गरेको छ । स्रोत नखुलेको भनिएको उक्त पैसा जग्गा किन्न ऋण लिएको र आम्दानी भएको बिइङ ह्युमनले बिज्ञप्ती मार्फत प्रष्ट्याएको छ ।
स्रोत नखुलेको भनिएको साढे ६९ लाख रुपैया“ जग्गा किन्नको लागि सहकारीबाट ऋण लिएको र पसलको व्यापारबाट आर्जित भएको बिज्ञप्तीमा भनिएको छ ।
जग्गा किन्नको लागि लिएको पैसालाई समेत स्रोत नखुलेको भनेर पक्राउ गरिएको घटनाले आफुहरु मर्माहित भएको भन्दै बिइङ ह्युमनले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।
“यस संस्थासँग सम्बन्धित व्यक्तीले जग्गा खरिद गर्नका लागि सहकारीबाट लिएको कर्जा र पसलको व्यापारबाट आर्जित रकमलाई प्रहरीले नियन्त्रणमा लिई सो रकमको श्रोत नखुलेको ठहर गरेको र सोहिअनुसार विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषित हुदा हाम्रा ग्राहक महानुभावहरुमाझ भ्रमको वातावरण बन्न गएको हुदा उक्त रकमको श्रोत स्पष्ट खुलेको र आवश्यक कागजात एवम् प्रमाणहरुसहित कानुनी उपचार लिन लागिएको यहा“हरु सबैमा जानकारी गराउदछौ“ बिज्ञप्तीमा भनिएको छ ।
यस संस्थालाई बदनाम गरि आफ्ना केहि निजी स्वार्थपुर्ती गर्ने कार्यमा संलग्नहरुको पहिचान गरि आवश्यक कानुनी कारवाहीको लागि समेत संस्थाले आवश्यक कदम चाल्ने बिइङ ह्युमनले जनाएको छ ।
बिइङ ह्युमन भारतीय सुपरस्टार सलमान खानद्वारा सामाजिक कार्यका लागि स्थापित विइंग ह्युमन फाउण्डेशनद्वारा सञ्चालित सँस्था हो ।
म्यानेजर पक्राउ परेपछि बिइङ ह्युमनको बिज्ञप्ती जारी
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg