कट्रिना र विक्की वैवाहिक जीवनमा

काठमाडौं–बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिंएका छन् ।
बिहीबार राजस्थानको सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा सञ्चालित एक भव्य होटलमा उनीहरुको विवाह कार्यक्रम शुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।उनीहरुको विवाह समारोह भने मंगलबारबाट नै शुरु भइसकेको छ । विवाहका लागि बलिउडका हस्ती, आफन्त र केही राजनीतिज्ञसहित १२० जनालाई आमन्त्रण गरिएको छ ।
मंगलबार नै कट्रिनाले विक्कीको नामको मेहन्दी हातमा लगाइन् भने संगीत र हल्दी सेरेमनी पनि आयोजना भइसकेको छ । यस्तै बुधबार राति अतिथिहरुका लागि पुल पार्टीको आयोजना गरिएको समाचारमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles