मुम्बई–बलिउड अभिनेता शाहरुख खान दुई महिनापछि सुटिङ सेटमा फर्किएका छन् ।
छोरा आर्यन खान लागूऔषध मुद्दामा मुछिएपछि उनी सुटिङको क्यामराबाट टाढिएका थिए ।उनले बुधबार मुम्बईमा फिल्म पठानको छायांकन सुरु गरेका छन् ।
सुटिङमा फर्किएको शाहरुखको तस्बिरमा उनले कालो रंगको टी–सर्ट र लामो कपालका साथ देख्न सकिन्छ ।आर्यन लागूऔषध मुद्दापछि सुटिङ सेटमा सुरक्षालाई बढाइएको छ । उनी मुम्बईमा आगामी २० दिनसम्म सुटिङ गर्नेछन् । शाहरुखले निर्देशकलाई विदेशमा सुटिङ गर्नका लागि सर्त राखेका छन् । उनले सुटिङको हरेक साता मुम्बई फर्कन पाउने गरी समय तालिका मिलाउन निर्देशकलाई भनेका छन् । उनको बुझाइमा यो समयावधिमा अन्य कलाकारले आफ्नो काम गर्न पाउनेछन् । यो फिल्मको सुटिङ यसअघि स्पेनमा हुने तयारी थियो । तर अक्टोबरमा आर्यन लागूऔषध मामलामा मुछिएपछि फिल्मको सुटिङलाई सारिएको थियो । फिल्ममा शाहरुखसगै दीपिका पादुकोण र जोन अब्राहम प्रमुख भूमिकामा छन् ।