गरुडामा ३ वटा गाडि तोडफोड,७ जना पक्राउ

गरुडा–जनमत पार्टीले घोषणा गरेको बुुधवार रौतहट बन्दको आव्हान बेवास्ता गरी सवारी साधन संचालन गरेको भन्दै बन्दकर्ताले रौतहटको मध्य भाग गरुडामा ३ वटा सवारी साधन तोडफोड गरेका छन् ।
बन्दकर्ताले गरुडामा मालवाहक २ वटा टिपरमा तोडफोड गरेका छन् भने एउटा पिकअपमा समेत क्षति पुर्याएका छन् । राज्यले किसानका जायज मागहरुलाई वेवास्ता गरेको भन्दै सिरहामा शुरु भएको किसान आन्दोलन प्रति एक्यवद्धता जनाएर किसानका माग पुरा गराउन रौतहटमा पनि आन्दोलनका कार्यक्रम गर्दै आएको सो पार्टीका नेता तथा कार्यकर्ताहरुले आम हडताल सफल बनाउन सो क्षेत्रमा आफ्नो गतिविधी संचालन गर्ने क्रममा बाटोमा संचालन रहेको सो सवारीमा क्षति पुर्याएका छन् ।
सवारीमा क्षति पुर्याएको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले ७ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles