नेपाली कांग्रेसको जिल्ला सभापतिमा ३ जना चर्चामा

चन्द्रनिगाहपुर–नेपाली काग्रेसले १४ औं महाधिवेशनअघि बा“की रहेका १६ जिल्लाको अधिवेशन पुस २७ मा गर्ने भएको छ ।
प्रदेश २ का ८ जिल्ला र बागमतीका ४, गण्डकीको १, लुम्बिनी प्रदेशको एक र सुदूरपश्चिम प्रदेशका २ जिल्लामा अधिवेशन हुन बाकी छ ।प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनको चापका कारण १६ जिल्ला अधिवेशन गर्न सकेको थिएन । अब २७ गते जिल्ला अधिवेशन हुने का“ग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए ।रौतहटमा विगतमा भन्दा १४ औं महाधिवेशनको रौनक र परिस्थिति केही फरक छ । जिल्लाका प्रभावशाील नेता मानिएका मोहम्मद अफताब आलम ज्यान मुद्दाको अभियोगमा कारगारमा छन् ।
जिल्लाको पार्टी राजनीतिलाई आफ्नै सेरोफेरो घुमाउदै आएका आलम जेलमा हुनु र जिल्ला सभापति कृष्ण प्रसाद यादव प्रदेश सभापतिमा निर्वाचित भई रिङ आउट भएका कारण रौतहट का“ग्रेसमा १४ औं जिल्ला अधिवेशन नया“ परिस्थितिका बीच हुने भएको हो ।
प्रदेश २ को सभापति भएका यादवले कसलाई अगाडी सार्छन एकिन भएको छैन ।
देउवा समुहबाट प्रदेश सभापति यादवका निकट मानिएका जितेन्द्र यादव सुनिल नै उम्मेदवार हुने प्रबल संभावना देखिएको छ । जिल्ला सभापतिका लागि सुनील यादव, हरदेव यादव र रामचन्द्र गिरीको नाम चर्चामा छ ।
सुनील र हरदेव देउवा टीममा दाबेदार हुन् भने रामचन्द्र गिरी कोइराला समूहबाट सभापतिको उम्मेदवार हुने प्रयास गरिरहेका छन् ।सर्वसहमती नभई मतदान नै गराउने वातावरण र्सिजना भए कोईराला समुहका उम्मेदवार लाई हालै सम्पन्न महाधिवेशनमा सह महामन्त्रिका उम्मेदवार शेख वकिलको समेत सर्मथन रहने बुझिएको छ ।
यद्यपि प्रदेश २ का सभापति कृष्ण यादवले सर्वसम्मतबाट नेतृत्व चयनको प्रयास गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles