दुर्घटनामा ६ जनाको मृत्यु भएपछि गाउ शोकमग्न,मृतकहरुको सामुहिक अन्तिम संस्कार

समनपुर–जिप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएपछि सिंगो गा“उ शोकमा डुबेको छन् ।
रौतहटको गढीमाई नगरपालिका वडा नम्वर ३ गम्हरिया गाउ“का सलाउद्दिनको छोराको गौना गराउन रौतहटको परोहा नगरपालिकाको नरकटिया गएको जन्ति फर्किने क्रममा मंगलवार दिउसो ३.४० बजेको समयमा गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने गरुडा नगरपालिकाको जयनगर स्थित सडक खण्डमा अनियन्त्रित भई दुर्घटना हुदा ६ जनाको मृत्यु भएका थिए ।
मुस्लिम समुदायको ६ जना युवक देखि वृद्ध सम्मको मृत्यु भएपछि गम्हरिया गाउ“ शोकमा डुवेका छन् । कसैको कोख उजडिएको छ भने कसैको घर मुली गुमाएको छ । दुर्घटनमा परेर मृत्यु भएका सबैको बुधवार सामुहिक रुपमा अन्तिम संस्कार गरिएको हो ।
मुस्लिम धर्म अनुसार ६ औ जनाको शव गम्हरिया मदर्शामा राखेर करिव दुई हजार मुस्लिम समुदायको बासिन्दाहरुको उपस्थितमा अजान पढेर, अल्लाह तालाको यही मन्जुरी रहेको भन्दै गाउ“मै रहेको कव्रिस्तानमा लगेर सामुहिक रुपमा दफनाएको बताइएको छ । सो दुखद समारोहमा गढीमाई नगरपालिकाको मेयर श्यामप्रसाद यादवले कसैले पनि नचिताएको घटना हाम्रो नगरपालिकाको बासिन्दाहरुले सहन गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको बताउदै जिप चलाउने चालकलाई अविलम्ब प्रहरीले नियन्त्रणमा लिईं पिडित परिवारलाई क्षतिपुर्ती दिलाउने तर्फ यथोचित पहल गर्नुपर्नेमा उनले जोड दिए ।बिआर ०५ पिए ६९५३ भारतीय नम्वरको स्कारपिओ जिपमा चालक सहित सबार १० जना मध्ये १६ बर्षिय शेख नौशाद, २२ बर्षिय शेख सैनुल्लाह, ५५ बर्षिय मारुफ मिया अंसारी र २४ बर्षिय शेख छोटु, ३० बर्षिय अबुलेश र १५ सलाउद्दिनको मृत्यु भएको थियो ।
नाम खुल्न नसकेको चालक दुर्घटना हुनु केही वेर अघिनै हाम फालेर ज्यान जोगाई सिमापारी भारत तर्फ भागेर उपचार गराईरहेको पिडित परिवारले जनाएको छ । अत्याधिक गतिमा भारतीय नम्वरको स्कारपिओ जिप गुडाउदै गर्दा अनियन्त्रित भई उक्त दुर्घटना भएपनि चालकको चरम लापरवाहीको कारण अनाहकमा ६ जनाको ज्यान गएको गढीमाई नपाको मेयर यादवले बताउदै चालकलाई समातेर हदै सम्मको कारवाही गर्न स्थानीय प्रहरी प्रशासन संग माग गरे ।
यसैगरी सामुहिक अन्त्येष्ठिमा सहभागी भएका वृन्दावन नपाको मेयर रामस्नेही यादवले यो घटना अत्यन्तै ह्दयविदारक भएको हुदा आफनो नगरपालिकाबाट हुने सक्दो सहयोग पिडित परिवारलाई गर्ने प्रतिबद्धता जनाउदै दोषि चालकलाई अविलम्ब समातेर कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles