चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित पुुरानो ईलाका प्रशासन कार्यालय जानेबाटोमा जावा होटल संचालनमा आएको छ ।
सोमबार प्रदेश सभा सदस्य मा.धनलाल ठोकरले सो होटलको उद्घाटन गरेका हुन् ।
४० लाखको लगानीमा संचालनमा आएको सो होटलमा १० वटा स्वीट रुम,२ वटा भिआईपी क्याविन,वार,कफि शप,सेमिनार हल समेत रहेको सो होटलका संचालक राजु सापकोटा र प्रज्वल भण्डारीले जानकारी दिएका छन् ।


