गुजरामा मल्टि कम्प्लेक्स बिल्डिङ बन्दै,मेयर चौधरीद्वारा शिलान्यास


गुजरा । रौतहटको गुजरा नगरपालिकामा मल्टि कम्प्लेक्स बिल्डिङ निर्माण हुने भएको छ । गुजरा १ मनहर्वा स्थित श्री दुर्गा बजारको प्राङ्गणमा गुजरा मल्टि कम्पलेक्स बिल्डिङ बन्ने भएको हो । सोमबार मेयर सन्तलाल चौधरीले शिलान्यास गरेपछी बिल्डिङ निर्माणको काम अघि बढेको हो । नगर विकास कोष र गुजरा नपाको ८ करोड ८३ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको बिल्डिङमा ७० वटा सटर रहने प्रमुख प्रशासकीय अधिकृत बिनोद जयसवालले जानकारी दिनुभयो ।

बिल्डिङ शिलान्यास कार्यक्रममा उप मेयर रौशन खातुन शैख ,प्रशासकिय अधिकृत बिनोद जयसवाल,प्राविधिक कर्मचारीहरु तथा समाजका भद्र भलाद्मीहरुको उपस्थितिमा जग्गा दाता श्रीमती सरस्वती देबी चौधरीले पूजा समेत गर्नुभएको थियो ।

कार्यक्रममा दुर्गा बजारका भुतपुर्व अध्यक्ष रामदिहल चौधरीलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles