चन्द्रपुर । नेपाली काङ्ग्रेस चन्द्रपुर नगरसमितिले सोमबार नगरभेला सम्पन्न गरेको छ । घर घर जांउ काङ्ग्रेस जिताउ अभियान अन्तर्गत रौतहटको चन्द्रपुर–८ सन्तपुरमा भेलाको आयोजना गरिएको नगर सभापती मुकेश गिरीले जानकारी दिनुभयो ।

भेलाका प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ्गले देशमा काङ्ग्रेस बाहेक अरु पार्टीले विकाश गर्न नसक्ने बताउनुभयो । उहाँले देशको बिधुत प्रशारण लाईन र सडक निर्माणको लागि नेपालले एमसिसी स्वीकार गरेको बताउदै यसबाट बिदेशी हस्तक्षेप नहुनेर ठोकुवा गर्दै देशले बिकासमा फडको मार्ने बताउनुभयो । सोही कार्यक्रममा नेपाली काग्रेसका महासमिति सदस्य एबम प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले जनताको समस्या हल गर्ने एक मात्र पार्टी नेपाली काग्रेस रहेको बताउनुहुदै जनजीबिकाको सबाल देखि पुर्बाधार निर्माणमा समेत नेपाली काग्रेस नेतृत्वको सरकारले काम गरेको बताउनुभयो । सो कार्यक्रममा नेपाली काग्रेसका महासमिति सदस्य एबम प्रदेश सभा सदस्य धनलाल ठोकर, नेपाली काग्रेस महासमिति सदस्य एबम चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, क्षेत्रिय सभापति एबम बृन्दाबन नगरपालिकाका प्रमुख रामस्नेही राय यादब लगायतले मन्तब्य राख्नुभएको थियो । नेपाली काग्रेस चन्द्रपुर नगरसमितिका सभापति मुकेश गिरीको सभाध्यक्षमा भएको सो भेलामा लिला तिमल्सिनाले स्वागत मन्तब्य राख्नु भएको थियो भने नरेश लामिछानेले कार्यक्रम संचालन गर्नु भएको थियो ।


