डाडाटोलमा लिफ्टि सिचाई आयोजनाको शिलान्यास

चन्द्रनिगाहपुर– रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ डा“डाटोलमा लिफ्टि सिचाई आयोजनाको शिलान्यास गरिएको छ ।
आईतबार एक कार्यक्रमको आयोजना गरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला ईन्चार्ज युवराज भट्राई (समिर) र बाग्मती नगरपालिका सर्लाहीको नगरप्रमुख भरत थापाले संयुक्त रुपमा लिफ्टि सिचाई आयोजनाको शिलान्यास गरेका हुन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भट्राईले लिफ्टि सिचाई आयोजनाको लागि उर्जा मन्त्रालयबाट ३८ लाखको योजना ल्याएको स्थानिय गौतम खड्काले जानकारी दिएका छन् ।
सिंचाई अभावमा हिउदमा बाझै रहने ४० बिघा जग्गामा ७० घरधुरीले सजिलै सिचाई गर्न पाउने उदेश्यले सोे योजना ल्याएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भट्राईले जन सरोकार दैनिकलाई बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles