काङ्रेसका उम्मेदवार गाउँ गाउँमा मत माग्न ब्यस्त

चन्द्रपुर । आशन्न स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा गाउँ गाउमा चुनावी चहलपहल बढन थालेकाे छ । नेपाली काङ्ग्रेसका नेताकार्यकर्ता र उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्न ब्यस्त  भएका छ्न  ।
जिल्लाकै ठुलो नगरपालिका चन्द्रपुरमा नेपाली काङ्ग्रेसले सन्जय काफ्लेलाई मेयर पदको उम्मेदवार बनाएपछि काङ्ग्रेसको पक्षमा सबै तह  र तप्काका नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावी मैदानमा हाेमिएका छन ।रौतहट क्षेत्र नम्बर ४ का साम्सद देब प्रसाद तिमल्सिना,प्रदेश साम्सद धनलाल ठोकर,चन्द्रपुर नगरसभापती मुकेश गिरी सहित सबै नेताहरु आफ्ना उम्मेदवारलाई मत माग्न ब्यस्त छ्न । काङ्ग्रेसका उम्मेदवारले ठुला सपना नबाडी पुरा गर्न सक्ने कामको खाका तयार गरेर मत मागेकाले जनताले काङ्रेसलाई जिताउने बिश्वास नगरसभापती गिरीको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles