चन्द्रपुर । आशन्न स्थानीय तहको निर्वाचन नजिकिदै जादा काङ्ग्रेसका चन्द्रपुरका मेयर सन्जय काफ्ले सहित उपमेयर जयमाला चौधरी, ७ नम्बर वडाका वडाध्य्क्ष बिष्णु उप्रेती लगायतका उम्मेदवारले ७ नम्बर वडामा चुनावी चहलपहल बढाएका छन । नेपाली काङ्ग्रेसका उम्मेदवारहरुले आफ्नो पक्षमा मत माग्ने कार्य जारी राख्दा जनसमुदाय पनि उनिहरुकै पक्षतमा उभिएका छ्न ।
जिल्लाकै ठुलो नगरपालिका चन्द्रपुरमा नेपाली काङ्ग्रेसले सन्जय काफ्लेलाई मेयर पदको उम्मेदवार बनाएपछि काङ्ग्रेसको पक्षमा सबै तह र तप्काका नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावी मैदानमा हाेमिएपछी चन्द्रपुर नगरपालिकामा काङ्ग्रेसको जनलहर बढेको नगर सभापती मुकेश गिरीको दाबि छ । जनसमुदाय पनि काङ्ग्रेसकै पक्षमा मतदान गर्न आतुर रहेको वडाध्यक्ष्यका उम्मेदवार बिश्नु उप्रेतीको दाबि छ ।


