बारामा पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

बारा/ पुलबाट मोटरसाइकल खस्दा बारामा दुई जनाको मृत्यु भएको छ । महागढीमाई नगरपालिका वडा नम्बर ८ थलही पुलस्थित हुलाकी राजमार्ग सडकखण्डमा बरियापुरबाट लंगडाचोक जाँदै गरेको मोटरसाइकल आइतबार बेलुकी साढे १० बजे पुलबाट खसेको थियो । मोटरसाइकल चालक सुवर्ण गाउँपालिका वडा नम्बर ७ सनफुल्वाका ३५ वर्षीय बिरूलाल यादव र भारत मोतिहारी पूर्वी चम्पारण समरपुर–२ का ३० वर्षीय मेवाचन्द्र राय यादवको मृत्यु भएको हो ।

प्र.०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट करिब २५ फिट तल खसेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । मोटरसाइकल खसेर दुई जना गम्भीर घाइते भएका थिए ।

उनिहरुको उपचार कलैया अस्पतालमा भईरहेकोमा राति दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव कलैया अस्पतालमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles