किसानलाई रासायनिक मल उपलब्ध गराउन सभामुख सापकोटाले दिए निर्देशन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले रासायनिक मलको व्यवस्थापनका लागि हरसम्भव उपाय अपनाउन सरकारलाई निर्देशन दिनु भएको  छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भटृराईसमेतले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७८ बमोजिम दर्ता गर्नुभएको अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचनाका आधारमा प्रतिनिधि सभामा आज भएको छलफलपछि सभामुख सापकोटाले यस्तो निर्देशन दिनुभएको हो ।

उक्त प्रस्तावका बारेमा ४८ जना सांसदहरुले विचार राखेका थिए भने कृषि तथा पशुपन्क्षी विकास मन्त्रिले  जवाफ दिएका थिए ।

बैठकममा विशेष प्रस्ताव राख्दै सापकोटाले भन्नुभयो, ‘रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलव्ध नभएको विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको छ । कुल ग्रार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्वन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles