गुजरा । रौतहटको गुजरा नगरपालीका ४ का निर्वाचित वडाअध्यक्ष सहित ६ जनामाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरको मुद्दा दर्ता भएको छ । आफूसहित आफनो परिवारलाई ज्यान मार्ने प्रयास गरेको भन्दै गुजरा नगरपालिका–४ निवासी शेख ओसि अख्तरले ईलाका प्रहरी कार्यालय बिजयपुरमा सोही वडाको निर्वाचित वडाअध्यक्ष झमक प्रसाद चौंलागाँइ सहित ६ जना विरुद्ध जाहेरी दर्ता गराएका हुन् ।
स्थानीय तहको निर्वाचनमा विजयी भएपछि र्याली निकाल्ने क्रममा उनीहरुले एकै परिबार ७० बर्षीय शेख जियाउल हक, ४० बर्षिय शेष ओसि अख्तर १८ बर्षिय शेख जमसैद, ६५ वर्षीय इस्लामुन सेखिन र ३५ बर्षिय इस्लामुन सेखिनलाई धारीलो वाँसको फराठाले निर्घात कुटपिट गरेको अख्तरले बताए ।


